२१ कार्तिक २०८३, शनिबार

सूचना अधिकृत नै कार्यालयका सूचनाबारे अनविज्ञ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, ३ भदौ । सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सूचना लिने र दिने कुरामा स्थानीय सरकार प्रत्यक्ष रुपमा जनताप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने कुरामा जोड दिएका छन् ।

राष्ट्रिय सूचना दिवसको अवसरमा आज जिल्लाका सकरोकारवालाबीच सूचनाको हक सम्बन्धी अन्तरसम्वाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले स्थानीय सरकारलाई जनता प्रति जिम्मेवार बनाउनका लागि सञ्चारमाध्यमले पुलको काम गर्नु पर्ने बताए । कतिपय नयाँ कुराहरु मिडियाबाट जानकारी पाउने भएकाले सार्वजनिक सूचनाको कुरा मिडियाबाट जनतासामु पुर्‍याउन उनले आग्रह गरे ।

शारदा नगरपालिका उप प्रमुख सावित्रा बस्नेतले आफू निर्वाचित भए यता नगरपालिकाबाट दिईने सूचनामा कुनै कन्जुस्याई नभएको बताइन् । ‘यस शारदा नगर पालिकाले जनतालाई कार्यालयले दिने सेवाका बारेमा जानकारी प्रदान गर्न सूचना अधिकारीको व्यवस्था समेत गरेको छ’, उनले भनिन, ‘कार्यालयबाट दिन मिल्ने सूचनाका बारेमा कार्यालय समयमा आएर जानकारी लिन सकिन्छ ।’

पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले जिल्लाका कार्यालयहरुले सूचना अभिलेखीकरण गर्नुपर्नेमा जोड दिए । हरप्लेस सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख धिरेन्द्र भण्डारीले सूचनाको हकको विषयमा रहेका ऐन कानुन तथा कार्यालयले गरेको कामका विषयमा तैयार पारेको कार्यत्रप प्रसतुत गरे ।

अहिलेको परिवेशमा जिल्लाका कतिपय कार्यालयहरुले सूचना अधिकारी समेत व्यवस्था गर्न नसकेकाले तत्काल यसको व्यवस्था गर्न सके सूचनाहरु आदान प्रदान गर्न सहज हुने उनले बताए ।