
काठमाडौं, ३ भदौ । केही समयअघि रियलका खम्बा मानिने क्रिष्टियानो रोनाल्डो ११२ मिलियन यूरोमा युभेन्टस गए । यतिबेला रियलले रोनाल्डोको स्थानका लागि खेलाडी खोजिरहेको छ । यसैबीच रियलले ब्राजिलियन स्टार नेयमारलाई अनुबन्ध गर्ने खबर बाहिर आएको छ । नेयमारलाई रियलले किर्तिमानी मूल्यमा भित्र्याउन तयार भएको खुलेको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारका लागि किर्तिमानी मूल्य २७० मिलियन पाउण्डतिर्न तयार रहेको बताएका छन् ।
नेयमार उक्त रकममा रियल मड्रिडमा अनुबन्ध भए उनी विश्वकै सर्वाधिक महंगा खेलाडी बन्नेछन् । पिजसीले उनका लागि किर्तिमानी मूल्य १९८ मिलियन पाउण्ड तिरेको थियो ।
रोनाल्डोको स्थान ग्यारेथ बेलले लिने विश्वास गरिएपनि त्यसो हुन सकेन । यतिबेला रियलले नेयमारलाई रोनाल्डोको स्थान दिन चाहिरहेको छ ।















प्रतिक्रिया