१ कार्तिक २०८३, शनिबार

जन्मदिनको रकम माझी वस्ती निर्माणका लागि ‘स्वेता-श्री फाउण्डेशन’लाई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मेलबर्न, ३ भदौ । अस्ट्रेलियामा बस्ने एक नेपाली दम्पतीले आफ्ना छोरीहरुको जन्मदिनको रकम कटाएर माझी वस्ती निर्माणका लागि ‘स्वेता–श्री फाउण्डेशन’लाई सहयोग गरेको छ ।

पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीहरु चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अवसरमा अस्ट्रेलियन डलरपाँच सहयोग गरेका हुन् । उक्त रकम उनीहरुले लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

चालिसे दम्पतीले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल, दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध भएको पबित्रा समाज नेपालमार्फत सहयोग पुर्‍याएका थिए । गत बर्ष भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाएका थिएनन् । दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले जन्मदिन मनाउने क्रममा यो बर्ष पाँच सय डलर सामाजिक कार्यमा योगदान दिने निर्णय गरेको चालिसे दम्पतीले बताए ।

श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प व्यवस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा ‘स्वेता-श्री फाउण्डेशन’ स्थापना गरि काम गरिरहेकी छन् ।

यसको पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी वस्ती’ निर्माण गर्ने रहेको छ । जसअनुसार समुदायको ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत वस्ती बनाउने काम चलिरहेको छ । यही काममा सहयोग गर्न चालिसे दम्पतीले प्रदान गरेको रकम खड्का अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण बताइएको छ ।

माझी समुदायमा १८४ महिला छन भने समुदायका १५५ मात्रै साक्षर छन । निर्माणाधिन नमुना वस्ती बहुसंख्यक नेपालीको सरदर हैसियतभन्दा सुबिधायुक्त व्यबस्थित वस्ती बनाउने गरि काम भइरहेको फाउण्डेशनले जनाएको छ ।