१२ कार्तिक २०८३, बिहिबार

बुढीगण्डकीलाई ११ अर्ब, सडकलाई ५ अर्ब

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार सडक मर्मत दस्तुर शीर्षकमा पेट्रोल, डिजेलबाट ५ अर्ब रुपैयाँ कर भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

त्यस्तै प्रदूषण नियन्त्रण शुल्कबापत १ अर्ब रुपैयाँभन्दा बढी कर भुक्तानी गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा स्वदेशी पुँजी जुटाउन सरकारले प्रतिलिटर ५ रुपैयाँ कर तोकेको छ । त्यसबाट गत आवमा ११ अर्ब रुपैयाँ सरकारको कोषमा निगमले जम्मा गरिदिएको छ ।

निगमको नाफाबाट आयकरबापत २ अर्ब आन्तरिक राजस्व विभागलाई भुक्तानी गरिएको छ । गत आवमा सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीको सूचीमा निगम आठौँ स्थानमा छ ।

अहिले निगमसँग देशभर ७२ हजार किलोलिटर भण्डारण गर्न मिल्ने डिपोहरू छन् । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आयात बढ्दै गए पनि पर्याप्त भण्डारणगृहको अभाव निगमले झेलिरहेको छ ।

‘हामीले देशैभर ठूला भण्डारणगृह बनाउने प्रक्रिया सुरु गरेका थियौँ, तर रोकिएको छ,’ उनले भने, ‘इन्धनको ठूलो भण्डारणगृह निर्माण चाँडो सुरु गर्नु जरुरी छ । नत्र भोलिका दिनमा आपूर्ति सहज गर्न समस्या खेप्नुपर्ने हुन सक्छ ।’