२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा नेपाली युवाको ‘रहस्यमय’ मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Hari-Bhandari

डिसी, ३ माघ । अमेरिकामा एक नेपाली युवाको रहस्यमय मृत्यु भएको छ ।

नेपालको नुवाकोट घरभई अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्दै आएका ३४ बर्षीय बिष्णुहरि भण्डारीको रहस्यमय मृत्यु भएको हो । उनी बिहीबार बिहान ४ बजे वुडब्रिजस्थित आफ्नै डेरामा मृत अवस्थामा भेटिएका थिए ।

भण्डारी दुई बर्षअघि मात्रै नेपालबाट अमेरिका आएका हुन् । उनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ तथा जनसम्पर्क समिति भर्जिनिया शाखासंग आबद्ध थिए ।

उनको साथमा श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी (६ बर्ष) तथा कान्छी छोरी (केवल ५ महिनाको) अमेरिकामा बसोबास गर्दै आएका थिए । भण्डारीको मृत शरीरलाई प्रिन्स अस्पतालमा परिक्षणको लागि राखिएको इनेप्लीजका सम्पादक विजय थापाले जनाएका छन् ।