२१ कार्तिक २०८३, शनिबार

सल्यानको शारदा नगरपालिकामा तीन वर्षअघिकै दरको कर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सल्यान,२ भदौ । देशभर कर बढेर विभिन्न स्थानीय तहको चर्को आलोचना भई रहेको समयमा शारदा नगरपालिकाले पुरानै कर नीतिलाई निरन्तरता दिएको बताएको छ । नगरपालिकाले तीन वर्ष अघि पारित गरेको कर नीतिलाई नै निरन्तरता दिने भएको हो ।

नगरपालिकाले विगत तीन वर्ष यता कुनैपनि कर वृद्धि नगरेको नगर प्रमुख शुरेश अधिकारीले बताए । शनिवार जिल्लामा पत्रकार सम्मेलन गर्दै उनले नगरपालिकाले कर वृद्धि नगरेको बरु करको दायरा बढाएको बताए ।

कर शुल्क बढाएर सेवाग्राहीलाई मारमा पार्नुभन्दा करको दायरा बढाएर कर संकलन गरिएको नगरप्रमुख अधिकारीले बताए । उनले भने,‘देशभर कर शुल्क बढ्दा आन्दोलन भइ रहेका छन् तर हामीले विगत तीन वर्ष पहिले पारित भएको कर नीतिलाई निरन्तरता दिई रहेका छौं ।’

‘हामीले जनाता बाट लिने करमा कुनैपनि वृद्धि गरेका छैनौ, विगत तिन वर्ष यता देखी जनताले जसरी तिर्नुहुन्थ्यो त्यसरीनै तिर्दै आउनु भएको छ।’राज्यले नै मृत्यु दर्ता र अपांगता भएका व्यक्तिका सबै प्रकारका सिफारिस गर्दा ५० रुपैया लिने नीति बनाएको भएपनि नगरपालिकाले भने मृत्यु दर्ता र अपांगता भएका व्यक्तिले लिने सबै प्रकारका सिफारिस निः शुल्क गरिएको प्रमुख अधिकारीले बताए ।
उनले भने,‘परिवारको सदस्य घुमाएर मृत्यु दर्ता गराउन आएको सेवाग्राहीलाई शुल्क मागेर थप पिडा दिनु मानवियताका हिसाबले पनि न्यायोचित नठानेकाले नेपाल सरकारले नै ५० रुपैया लिन पाउने अधिकारलाई कटौती गरी नि: शुल्क दर्ता गर्ने नीति बनाएका छौं ।’

गत वर्ष सम्म नगरपालिका बाट सेवा सुविधा लिंदा सपागं सरह शुल्क तिर्दै आएकोमा यस वर्ष देखी कुनै पनि शुल्क नलाग्ने नगर प्रमुख अधिकारीले बताए । यस्तै ८० वर्षमाथीका जेष्ठ नागरिक र अपांग भएका व्यक्ती हरुलाई जिल्ला अस्पतालमा स्वास्थ्य जांच गराउदा पनि कुनै शुल्क न लाग्ने व्यवस्था नगरपालिकाले मिलाई दिएको उनले बताए ।

‘अस्पतालमा स्वास्थ्य जांच गराउदा रल्याब परिक्षण गर्दा अपांग भएका व्यक्ती र जेष्ठ नागरिक लाई कुनै शुल्क तिर्नु पर्ने छैन,’ उनले भने । जेष्ठ नागरिकहरुलाई राज्य १२ महिनाको भत्ता दिई रहेको अवस्थामा जेष्ठ नागरिकलाई सम्मान गर्दै यस चालु आर्थिक वर्षमा नगरभित्रका जेष्ठ नागरिकले पाउदै आएको भत्तामा दशैको अवसरमा एक महिना बराबरको चाडपर्व खर्च भनेर थप रकम दिने नगरपालिकाले जनाएको छ ।