२९ आश्विन २०८३, बिहिबार

करको आलोचना भएपछि धनगढीका मेयरले मुख खोले, यस्तो छ वास्तविकता (हेर्नुस् भिडियो)

43.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २ भदौ । कुखुरा र खसीबोकामा कर लगाइएको भन्दै आलोचना भएपछि धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले मुख खोलेका छन् ।

संचारकर्मीहरुसँग कुरा गर्दै मेयर वडले धनगढी उपमहानगरपालिका भित्रको चौपायाहरुलाई कर नलगाइएको प्रष्ट पारे । ‘धनगढी उपमहानगरपालिकाभित्रको कुखुरा र चौपायामा कर लगाएको हैन् । बाहिरबाट गरिने आयातलाई निस्तेज गर्न कर लगाइएको हो ।’, मेयर वडले भने -‘भारतबाट खसीबोका र कुखुराहरु आउँछन्, त्यो आयात कम गर्न र यहाँका स्थानीय व्यापारीलाई प्रोत्साहित होस भन्ने उद्देश्यले कर लगाइएको हो ।’

मेयर वडका अनुसार, उपमहानगरपालिकाले यसअघिकै करलाई निरन्तर दिएको हो । ‘दशौं बर्षदेखि कर लगाइएको थियो । तर, हामी आएपछि पहिलोपटक लगाइएको हो,’ उनले भने – ‘एउटा खसी भारतको गौरीफन्टा नाकाबाट धनगढी आउँदा ८५ रुपैँया कर लगायो भने ८५ रुपैँयामा भने पनि हाम्रा व्यापारीले प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उद्देश्यले लगाएको कर हो ।’

हेर्नुस् मेयर वडको प्रष्टीकरणः

https://youtu.be/kwNod33B5kc