२१ कार्तिक २०८३, शनिबार

वातावरण बचाउन वीरता जेसीजले गर्‍यो वृक्षरोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बिर्तामोड, भदौ २। वीरता जेसीजले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा–११ स्थित प्रगति सामुदायिक वनको क्षेत्रमा जेसीज वनसँगै रहेको खाली भू–भागमा वृक्षरोपण गरिएको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष जयनारायण ढुंगानाले वृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक संस्थाका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले स्वागत तथा वातावरण संयोजक वीरबहादुर दर्नालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा आस्थावाचन कार्यकारिणी उपाध्यक्ष मिक्की कार्कीले गरेका थिए ।

जेसीजले जस्तै अरुले पनि वातावरण संरक्षणका लागि वृक्षरोपण लगायतका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । उक्त क्षेत्रमा भएको वृक्षरोपणको संरक्षणका लागि जेसीजसँगै प्रगति सामुदायिक वन, बन्दी सहायता नेपाल, जुनकिरी विद्यालय तथा स्थानीयबासी अग्रसर हुनुपर्ने समेत सो अवसरमा सुझाव दिइएको छ ।