२१ कार्तिक २०८३, शनिबार

बाढी पहिरोबाट १८ घरमा क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, १ भदौ । अविरल वर्षाका कारण हुम्लाका विभिन्न गाँउपालिकामा घरजग्गालाई क्षति पुर्‍याइएको छ ।

साउन १ गतेदेखि निरन्तर परेको पानीले सिमिकोट गाउँपालिकामा नौ घर, नाम्खा गाउँपालिकामा चार, खार्पुनाथ गाउपालिकामा दुई, सर्केगाड गाउँपालिकामा तीन गरी १८ घरमा वर्षाले क्षति पुर्‍याइएको जनाएको छ । विभिन्न गाउँपालिकाबाट क्षतिको यर्थात तथ्यांक आउन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयले तत्काल १८ घर परिवारलाई प्रति व्यक्ति तीन हजार ९१६ रुपैयाँ का दरले सात लाख पाँच हजार वितरण गरेको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी हुम्लाले आफ्नो शाखा र उपशाखा कार्यालयमार्फत बाढी पीडितलाई तत्काल लत्ता कपडा, भाँडाकुँडा, कम्बल र पाललगायत सामग्री वितरण गरेको शाखाका मन्त्री छेपाल दोर्जे लामाले बताए ।

यसैगरी अविरल वर्षाका कारण उत्तरी सिमामा पर्ने सिमिकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय डाँडाफायाको दुई कोठा भत्किएको छ भने अन्य भवनहरुमा चर्किएर क्षति पु¥याइएकाले विधालयमा पठनपाठन अवरुद्ध भएको शिक्षक बाचबहादुर विकले बताए । –रासस