२१ कार्तिक २०८३, शनिबार

गण्डकको पश्चिमी नहरमा डुबेर युवक बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १ भदौ । पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता भएका छन् ।

सुस्ता गाउँपालिका–२ सत्पती बस्ने जगनारायण चौधरीको छोरा वर्ष १७ का कमल चौधरी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

उनी नहरमा पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएको र भारतीय पश्चिमी नहरमा पानी धेरै भएका कारण चौधरीको खोजी गर्न कठिन भएको बेलाटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनुभयो । –रासस