काठमाडौं, १ भदौ । लायन्स तथा लियो क्लव अफ काठमाडौं नेटवर्कले लियो फुटसल प्रतियोगिता आयोजना गर्दै ।
अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा मित्रता, भाईचारा र प्रतिस्पर्धा अभिबृद्धि गर्नको मल्लटिपल डिष्ट्रिकले लियो क्लवको बीचको दोस्रो नेटवर्किङ फेलोसिप फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो । लायान्स तथा लियो क्लव अफ काठमाडौं नेटवर्कले एजुकेशन पार्कको मुख्य प्रायोजनमा आयोजना हुन लागेको छ ।
भदौ २ गते शनिबार फुटसल हुनेछ ।
स्पार्क कार र वस्टर्न एजुकेशन सर्भिसको मुख्य सहप्रायोजन गरेको प्रतियोगितामा मिटिङ प्वोईन्ट, साहास ईन्टरनेश्नल ट्राभल एण्ड टुर्स, जोईन मिडिया हाउस, बोनाफाईट प्रिङटिङ प्रेस, डायल अप मिडिया, न्यु नेपाल मनि एक्सेन्ज, गोरखा गण्डकी स्वास्थ्य क्लिनिक, कामना ईन्टरनेश्नल कलेजको साथ रहेको छ ।
प्रतियोगिताको बिजेताले पन्ध्र हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । उपबिजेता टोलीले दश हजार नगद, ट्रफी प्रमाणपत्र र मेडल पाउनेछन् । तृतीय स्थानको टोलीले नगद पाँच हजार, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिताले युवा पुस्तामा प्रतिस्तपर्धासॅगै भाईचारा, आत्मियता लाई उजागर गर्नेछ साथै समाज र राष्ट्र प्रति जिम्मेवार बन्न प्रेरित गर्नेछ भन्ने उद्देश्य आयोजकले राखिएका छन् ।












प्रतिक्रिया