१ कार्तिक २०८३, शनिबार

चरी मारिएपछि राजधानीका कथित डनहरू बेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-chari1काठमाडौं, ३ माघ । चर्चित डन दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिएपछि र रमेश बाहुन परेपछि काठमाडौंमा राज गर्दै आएका गुन्डा समूह तितरवितर भएका छन् ।

उनीहरु राजनीतिक आवरणमा विभिन्न् ब्यवसाय गर्न थालेका छन् । प्रहरीका अनुसार अहिले सुषुप्त अवस्थामा रहेका उनीहरु मौका कुरेर बसेका छन् ।

गुज्डागर्दीविरुद्ध प्रहरी आक्रामक बनेपछि उनीहरु सेलाएका हुन् । प्रहरीले चरीलाई मारेपछि गुन्डानाइके त्रसित भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

राजधानीमा अहिले १० वटा गुन्डानाइकेको समूह सक्रिय छ । काभ्रेली समूह, मनांगे समूह, चक्रपथमा चक्रे, घैटे, बुढा डन गोर्खाली, मिनकृष्ण महर्जनको समूह, भक्तपुरमा सगुन श्रेष्ठ, बालाजुमा माइला लामा स्वयम्भुमा बाघे र रमेश बाहुन समूह हुन् ।

रमेश बाहुन समूह सेलाएको छ भने भक्तपुरका डन सगुन श्रेष्ठ जेलमा छन् ।