३ कार्तिक २०८३, मंगलबार

फुटबलमा नेपालको अर्को पराजय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । एसियन गेम्सअन्तर्गत फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल भियतनामसँग २-० ले भएको हो । एसियाडमा नेपालको यो दोस्रो पराजय हो । यसअघि नेपाल जापानसँग पराजित भएको थियो ।

इन्डोनेसियाको मुक्ति रंगशालामा भएको खेलमा भियतनामका लागि गुयन डकले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १-० ले पछि परेको नेपाल खेलको ६४ औं मिनेटमा २-० ले पछि पर्‍यो । जसमा भियतनामका फान भान डकले गोल गरेका थिए ।

गोलरक्षक किरण गुरुङले उत्कृष्ट प्रदर्शन गरेपनि जीतका लागि पर्याप्त हुन सकेन । नेपालले गोलका लागि केही अवसर पाए पनि सदुपयोग हुन सकेन ।