
परासी, ३१ साउन । पश्चिम नवलपरासी प्रहरीले चोरिएको स्कार्पियो गाडी सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । गत साउन २३ गते रातीको समयमा सुनवल नगरपालीका वडा नं.१ सुनवल चोकमा पार्किङ गरी राखेको बा १५ च २१०४ नं.को स्कार्पियो गाडी हराएको थियो ।
खोजतलासको क्रममा आज विहान सो गाडीको भारतिय नक्कली रजिष्ट्रेसन नम्बर BR-22N 0988 को कागज बनाई बिक्री गर्न खोजेको सुराकी पाएपछि प्रहरी आफैँ ग्राहक बनेर किन्न जाँदा गाडी सहित तीन जना पक्राउ परेका हुन् ।
बर्दघाट नगरपालीका वडा नं.५ पालडांडामा उक्त गाडी बेच्न खोज्ने बर्दघाट नगरपालीका वडा नं.५ पालडांडा बस्ने बर्ष ३५ को ठाकुर प्रसाद चौधरी, रुपन्देही सैनामैना ३ बस्ने बर्ष ४५ को दिलिप बोहोरा र बुटवल उप-महानगरपालीका १३ बस्ने बर्ष ३५ कि जानकी बराल समेतलाई उक्त गाडी सहित पक्राउ गरीएको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी मोहन बहादुर खाँडले जानकारी दिए । चौधरी शसस्त्र प्रहरीका बहालवाला हवल्दार हुन् । उनीहरुलाई चोरी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया