
काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को ललितपुर जिल्ला कमिटी गठनका लागि कार्यदलले सर्वसम्मत नाम सिफारिस गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को जिल्ला संगठन कमिटीका लागि नाम सिफारिस गर्ने अन्तिम दिन विहिबार ललितपुरको कार्यदलका तर्फबाट १ सय ५५ सदस्यीय जिल्ला कमिटीको नाम प्रदेश कमिटीसमक्ष पेश गरिएको छ । नेकपा केन्द्रीय सदस्य हरि दाहाल (ललित) को अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत नाम सिफारिस गरेको हो ।
सिफारिस अनुसार तत्कालीन नेकपा एमालेका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को अध्यक्ष हुने र तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शिव कट्टेल नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिव रहने गरी सिफारिस गरिएको छ ।
तत्कालीन नेकपा एमालेका तर्फबाट जिल्ला इन्चार्ज सुशिला नेपाल र अध्यक्ष हरिकृष्ण व्यञ्जनकार तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष राजकाजी महर्जन र इन्चार्ज हरि दाहाल रहेको कार्यदलले सर्वसम्मत निर्णय गरी प्रदेश कार्यदल समक्ष पेश गरेको छ ।
अध्यक्ष तत्कालीन एमाले तर्फबाट भएकाले इन्चार्ज माओवादी तर्फबाट हरि दाहाल ललित र सह इन्चार्ज एमाले तर्फबाट सुशिला नेपाल रहने सम्भावना छ ।












प्रतिक्रिया