३ कार्तिक २०८३, मंगलबार

रोनाल्डो र जिदानबिनै खेल्द रियल मड्रिड पराजित

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३१ साउन । स्पेनिस क्लब रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र लगातार युरोपियन च्याम्पियन बनाएका प्रशिक्षक जिनेदिन जिदान बिनाको जीवन सुरु गरेको छ ।

रोनाल्डो र जिदान बिनाको रियल मड्रिडले पहिलो प्रतिस्पर्धात्मक खेल बुधबार राति इस्टोनियामा खेलेको हो ।

युइएफए सुपर कपको खेलमा रियल मड्रिड छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग पराजित भयो । यसको अर्थ युरोपियन च्याम्पियन युरोपा लिग च्याम्पियनसँग पराजित भयो । जुलियन लोपेतेगीको रियल मड्रिडको प्रशिक्षकका रुपमा सुरुवात हारबाट भयो ।

निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा एथ्लेटिको मड्रिडका लागि कोके र साउलले उत्कृष्ट गोल गरे र एथ्लेटिकालाई ४–२ को जित दिलाए ।

त्यसअघि निर्धारित समयमा एथ्लेटिकोका लागि डिएगो कोस्टाले दुई गोल गरेका थिए । रियल मड्रिडका लागि करिम बेन्जिमा र सर्जियो रामोसले एक एक गोल गरे ।

पहिलो मिनेटमा नै कोस्टाले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाति अग्रता दिलाए । २७ औँ मिनेटमा बेन्जिमाले रियलका लागि बराबरी गोल फर्काए भने ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरेपछि लोपेतेगीको टिमले २–१ को अग्रता लियो ।

तर कोस्टाले ७९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे । अतिरिक्त समय भने रियल मड्रिडका लागि फलदायी रहेन । ९८ औँ मिनेटमा साउल तथा १०४ औँ मिनेटमा कोकेले गोल गरेपछि डिएगो सिमोनको टिम एथ्लेटिकोले सुपर कपको उपाधि जित्यो ।

रोनाल्डो ९ वर्षको रियल मड्रिड बसाइपछि यहि सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका छन् । रियल मड्रिडका नयाँ प्रशिक्षक जुलियन लोपेतेगीका लागि पनि यो खेल पहिलो प्रतिस्पर्धात्मक खराब रह्यो । जिनेदिन जिदानले छोडेपछि लोपेतेगी रियलको जिम्मेवारी सम्हाल्न आएका हुन् ।

रोनाल्डोले छोडेपछि क्लबमा उत्पन्न भएको खाली पूरा गर्ने प्रयासमा रियल मड्रिड छ । रोनाल्डोले छोड्दाको फाइदा खेलाडीका रुपमा आफूलाई स्थापित गर्नका लागि मार्को एसेन्सिओ र ग्यारेथ बेललाई मौका छ ।

अहिले नै उनीहरुले त्यस्तै करामत भने देखाइ सकेका छैनन् । रोनाल्डो बिनाको यात्रा रियल मिड्रडका लागि कठिन हुने भने पक्का छ । एजेन्सी