२१ कार्तिक २०८३, शनिबार

विधेयक प्रमाणीकरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० साउन । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेको प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाले साउन २१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुँवरले बुधबार प्रमाणीकरण गरेका हुन् । नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि यो विधेयक ऐन बन्ने व्यवस्था रहेको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभाको सचिवालय र सङ्घीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक/एकप्रति पठाइएको छ । -रासस