३ कार्तिक २०८३, मंगलबार

काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख फेरिए, लामा र धानुकले पाए जिम्मेवारी

37.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० साउन । गृह मन्त्रालयले काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख हेरफेर गरेको छ । स्रोतका अनुसार मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ ।

सूची अनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पुगेको छ ।

एसएसपी लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए भने धानुक २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए ।

धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो । ललितपुर प्रमुखको जिम्मेवारी भने गणेशबहादुर ऐरले गरेका थिए ।