२१ कार्तिक २०८३, शनिबार

करेन्ट लागेर मण्डलको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३० साउन । सप्तरीको महदेवा गाउँपालिका–२ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीय कपलेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार जनाएको छ ।

आफ्नै धान पेल्ने मिल सञ्चालन गर्न विद्युत्को प्लक र स्विच जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । मण्डलको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । -रासस