२१ कार्तिक २०८३, शनिबार

लागूऔषधसहित एक जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३० साउन । पर्साको बिरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मूलगेटबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

एपीएफ टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने ३१ वर्षिय अनिल सापकोटालाई बुधबार विभिन्न किसिमका लागूऔषधसहित पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा अटो रिक्सामा सवार सापकोटाको साथबाट प्लाष्टिकले बेरेर राखेको अवस्थामा फेनारागन ५४ वटा, डाईजोल्याप ५३ वटा र नोफिन ५४ वटा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सापकोटालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको एपिएफ प्रहरीले जनाएको छ ।