
कपिलवस्तु, ३० साउन । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली इलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन बसेका छन ।कपिलवस्तुका उखु किसानहरुलाई सरकारले दिने अनुदान नपाए पछि अनशन बस्नुपरेको अध्यक्ष चौधरीले वताए ।
आव ०७१।७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले अनुदान दिने भनेपनी अहिलेसम्म नपाउदा किसानहरु आन्दोलित भएका हुन ।कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको अनशनरत स्थान वाट उखु कृषक ओम प्रकाश चौधरी बताए । उनले भने “करिव ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन हामीलाई सरकारले किन बेवास्ता गरेको छ” ।कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण प्रकृयाहरु पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले वताए ।
पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले वताए । कपिलवस्तु किसान संघको आन्दोलनका कायर्कक्रमरु मध्य साउन २० गते आइतवार इलाका प्रशासन कार्यलय मार्फत सम्वन्धित मन्त्रालयलाई ज्ञापनपत्र समेत वुझाएको भएपनि कुनै सुनुवाई नगरेकोको चौधरीले बताए ।
सरकारले मुनै वास्ता नगर्दा सम्म हामी अनिश्चि कालको लागी अनशनमा बस्छौ अध्यक्ष चौधरीले वताए ।नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलय आर्थिक तथा पुर्वधार विकाश साखाले २०७३ साल भदै ५ गते उखुको मुल्य भुक्तानी दिन पत्रचार गरेपनि कुनै वास्ता नभएको हुदा उखु किसानहरु आन्दोलन गर्न वाध्य भएका छन् ।















प्रतिक्रिया