
काठमाडौं, ३० साउन । अर्जेन्टिनी पूर्व स्ट्राइकर कार्लोस टेभेज र लियोनल मेस्सी बुधबार जोआन ग्याम्पर ट्रफीमा भिड्दैछन् । टेभेज बोका जुनियर्सका सदस्य हुन् ।
टेभेले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका लागि लामो समय खेले । त्यस्तै उनले इटालियन क्लब युभेन्टसबाट खेलेर दुई पटक सिरिए र एक पटक कोपा इटालिया जिताए ।
मेस्सीविरुद्ध खेल्न आनन्द लाग्ने बताउँदै टेभेसले भने, ‘मेसीसँग खेल्दा खुशी लाग्थ्यो । अहिले फेरि एकपटक उनीसँग खेल्ने भएका छौं ।’
टेभेजले अर्जेन्टिनाको सिनियर टोलीका लागि ७६ खेल खेलेका थिए । जसमा उनले १३ गोल गरेका थिए । अर्जेन्टिनी टीमका नपरेपनि उनले अझै सन्यास लिइसकेका छैनन् ।















प्रतिक्रिया