
काठमाडौं, २९ साउन । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल जापानसँग पराजित भएको छ । मंगलबार भएको खेलमा जापानले नेपाल विरुद्ध १–० ले पराजित गरेको हो ।
इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाली टोली पराजित भएको हो । यद्दपी मंगलबारको खेलमा नेपालले सुधारीकाृ खेल पस्केको थियो ।
जापानका लागि खेलको सातौँ मिनेटमा मितोमा काओरुले गरेको गोल नै निर्णायक बन्यो । समूह ‘डी’ मा नेपालसहित जापान, पाकिस्तान र भियतनाम छन् ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले भियतनामसँग अगष्ट १६ मा खेल्नेछ भने अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा प्रतिस्पर्धा गर्ने छ ।















प्रतिक्रिया