दार्जिलिङ । अघिल्लोपटक विपक्षीरहित रहेको सिक्किम विधानसभामा यसपटक सिक्किम क्रान्तिकारी मोर्चा प्रतिपक्षी पार्टीका रूपमा उदाएको छ । दुई क्षेत्रमा उठेका मोर्चाका अध्यक्ष पीएस गोले एउटामा पराजित भएका छन् भने अर्कोमा विजयी ।
३२ सदस्यीय विधानसभामा मोर्चाले १० सिट हासिल गरेको हो । अघिल्लो चुनावमा त्यहाँको सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले सबै ३२ वटै क्षेत्रमा जितेको हुनाले सिक्किम विधानसभा विपक्षीरहित थियो ।
सत्तारूढ एसडीएफले यसपटक पुनः बहुमत हासिल गरेकाले पुनः मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सरकार गर्नेछ । उक्त दलले २२ क्षेत्रमा विजय हासिल गरेको हो ।













प्रतिक्रिया