३ कार्तिक २०८३, मंगलबार

तेस्रो टेस्टमा भारतीय टीमको कप्तानी आश्विनले सम्हाल्न सक्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । इंग्ल्याण्डको लर्ड्समा खेलिएको दोस्रो टेस्ट म्याचमा भारतीय टीमले खराब प्रदर्शन गर्‍यो । यसैबीच उनको ढाडमा समस्या देखिएको छ । यदि कोहली नोटिंघममा हुने तेस्रो टेस्टमा फिट नभए भारतीय टीमको कप्तानी आश्विनले सम्हाल्न सक्नेछन् ।

तेस्रो टेस्टमा भारतीय टीमका लागि कोहलीको चोट एक समस्या बन्न सक्छ । दोस्रो टेस्टको क्रममा कोहलीको उक्त समस्या पुन: देखिएको थियो । उनले खेलबीच असहज महसुस गरेका थिए ।

राहाणे पनि कप्तानको दाबेदार हुन सक्छन् तर आश्विनले बलिङ र ब्याटिङ दुवै गर्न सक्ने भएकाले उनलाई कप्तानी दिन सक्ने अनुमान गरिएको छ ।

राहाणेले इंग्ल्याण्डविरुद्ध पहिलो पारीमा १८ र दोस्रो पारीमा १४ रन बनाएका थिए । यस टेस्टमा कोहलीबाहेक अरु सबै क्रिकेटर फ्लप भएका थिए । यस दबाबबीच कोहलीको चोटले भारतीय टीमको नतिजालाई प्रभावित पार्न सक्ने अनुमान लगाउन थालिएको छ ।