काठमाडौं, २९ साउन । काठमाडौंको जमलबाट प्रहरीले दुईजनालाई बमसहित पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका दुईजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा नेकपाका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलले बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको जानकारी दिए छ ।
नेकपाका महासचिव विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतालाई पक्राउ गरेको विरोधमा मंगलबार नेपाल बन्द आह्वान गरेको छ ।















प्रतिक्रिया