१२ कार्तिक २०८३, बिहिबार

गरिवलाई बनाइएका सरकारी घर मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई दिइने

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ ।

नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको अस्थायी आवास बनाउन लागिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

केही दिनअघि गृहसचिव प्रेमकुमार राई, सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ती अपार्टमेन्टको निरीक्षण गरिसकेका छन् ।

ुगरिबीको रेखामुनि रहेका र अव्यवस्थित तथा असुरक्षित बस्तीमा बसोबास गरेका परिवारसमेत समेटी आवास अवधारणा विकसित गर्नेु उद्देश्यले सरकारले अपार्टमेन्ट बनाएको थियो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा वाग्मती नदी किनारका सहरीया गरिबलाई लक्षित गरी बनाइएका ती अपार्टमेन्ट प्रयोगविहीन थिए ।

सहरी गरिब तथा न्यून आय वर्गका परिवार पहिचान गर्न गाह्रो भएपछि सरकारले त्यहाँ कसैलाई राख्न सकेको थिएन ।

लामो समयदेखि खाली रहेका अपार्टमेन्टमा सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री तथा प्रमुखलाई काठमाडौं आउँदा बस्ने व्यवस्था गर्न लागेको जानकारी उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारीले दिए ।