३ कार्तिक २०८३, मंगलबार

अम्बाको पातको फाइदाबारे जान्नुहोस्

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामान्यतया: मानिसहरु अम्बालाई फलको रुपमा प्रयोग गर्छन् । तर, अम्बाको पातले आयुर्वेदको काम गर्छ । अम्बाको पात सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले दर्जनौं रोग निको पार्न सकारात्मक भूमिका खेल्छ ।

अम्बाको पातको फाइदाहरु यसप्रकार छन् :

अम्बाको पात सेवनले मोटोपनालाई कम गराउन सहयोग गर्छ ।

अम्बाको पात चपाएमा मुखभित्रको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्छ ।

अम्बाको पात पिसेर लगाएमा अनुहारमा भएका डण्डीफोर हटाउन मदत गर्छ ।

अम्बाको पातले कलेजोलाई पनि राम्रो बनाउँछ । यसको पात पानीमा उमालेर पिएमा कलेजोलाई राम्रो गर्छ ।

अम्बाको पातको सुप पिएमा पाचन प्रणालीलाई व्यवस्थित गर्छ ।

अम्बाको पातले छाला र कपाललाई मजबुत बनाउँछ ।