
काठमाडौं, २८ साउन । नेपाली क्रिकेट खेलाडीले आइसीसीको एकदिवसीय वरियतामा स्थान बनाएका छन् ।
नेदरल्याण्डसँगको एक दिवसीय सिरिजका आधारमा ब्याटिङतर्फ नेपालका ज्ञानेन्द्र मल्ल र सोमपाल कामी आइसीसी वरियतामा समावेश भएका छन् । त्यस्तै बलिङतर्फ सन्दीप लामिछानेले वरियतामा स्थान बनाएका छन् ।
हालै आइसीसीले सार्वजनिक गरेको वरियताअनुसार ब्याटिङमा सोमपाल कामी २२९ औं स्थानमा छन् भने ज्ञानेन्द्र मल्ल २२६ औं स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने २१७ औं स्थानमा रहन सफल भएका छन् ।
केही समयअघि नेदरल्याण्डसँग एक दिवसीय सिरिजमार्फत एकदिवसीय क्रिकेटमा डेब्यू गरेको थियो । सिरिज १-१ को बराबरीमा सकिएको थियो ।















प्रतिक्रिया