३ कार्तिक २०८३, मंगलबार

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । सोमबार भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी सेभिल्लालाई बार्सिलोनाले २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो । यससँगै बार्सिलोना १३ औं पटक सुपरकप च्याम्पियन बन्न सफल भयो ।

आजको खेलमा जेरार्ड पिके र ‍‍औसमानेल डेम्बेलेले गोल गरे । उता सेभिल्लाका लागि पाब्लो सारावियाले एक गोल गरे । सेभिल्लाका लागि खेलको ९ औं मिनेटमा पाब्लोले गोल गर्दै अग्रता दिलाएका थिए । १-० ले पछि परेको बार्सिलोनाका लागि जेरार्ड पिकेले खेलको ४२ औं मिनेटमा गोल गरे । खेलमा फर्केको बार्सिलोनाले खेलको ७८ औं मिनेटमा औसमानेले गोल गरे । र, खेल बार्सिलोनाले २-१ ले जित्यो ।

यस सिजन बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो ।