
न्यूयोर्क, २८ साउन । अमेरिकाको न्यूयोर्कमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू सम्मानित भएका छन् । डा. विष्णुमाया परियार, नर्वदा क्षेत्री र राजन विश्वकर्मा विश्वकै अग्रणी नारी बुद्धिस्ट लामा गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित भएका हुन् ।
समारोहमा डा. विष्णुमाया परियारको जीवनगाथाबारे ‘अनटचेवल (अछूत)’ र मदर राजन विश्वकर्माद्वारा हेरचाह गरिएका अनाथ बालबालिकाबारे डकुमेन्ट्री प्रदर्शन गरिएको छ ।
अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेभन फुलपकि डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वान (ADWAN-ORG) ले स्थापना काल सन् १९९८ देखि हालसम्म शैक्षिक कार्यक्रमबाट १५ हजार बढी बालबालिकाहरु लाभान्वित भएका छन् ।

‘महत्वाकांक्षी छात्राकोष’ बाट २ सय ३२ जना किशोरी विद्यार्थीहरुले कलेज स्तरको उच्च प्राविधिक शिक्षा हासिल गर्न सफल भएका छन् । यो साल थप एक सय जना विद्यार्थीहरुले ‘महत्वाकांक्षी छात्राकोष’ प्राप्त गर्ने घोषणा गरिएको छ । एड्वानले नेपालका विपन्न र दलित समुदायका ५० हजारभन्दा बढी महिला र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभ पुर्याउँदै आएको छ ।
न्यूयोर्क शहरको कुईन्समा सकृय नेपाली महिलाहरूद्वारा नेतृत्व गरिएको ‘अधिकार’ कि नर्वदा क्षेत्रीको सबल नेतृत्वमा हजारौं महिलाहरू लाभान्वित भएका छन् ।

त्यसैगरी, नेपाल डिप्राईभ्ड नोमेन एण्ड चिल्ड्रन अपलिफ्टमेण्ट सेण्टरबारे वृतचित्र पनि प्रदर्शन गरिएको थियो । मदर राजन विश्वकर्माद्वारा स्थापित सेनटरले एक सय भन्दा बढी अनाथ बालबालिकाहरूलाई सहयोग गरेको छ भने हाल ८५ अनाथ बालबालिकाहरू सेन्टरको आफ्नै होस्टेलमा बसेर अध्ययन गरिरहेका छन् ।















प्रतिक्रिया