१ कार्तिक २०८३, शनिबार

एनआरएनए हेल्प डेस्कद्वारा अधिकारीलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । एनआरएनए युएसए हेल्प डेस्कले खेमराज अधिकारीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपालको काँस्की जिल्लाका ढिकुर पोखरिका घरभएका हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने खेमराज अधिकारीलाई पाँच हजार ६ सय २९ रुपियाँ ९८ पैसा अमेरिकी डलर एनआरएन अमेरिकाले आर्थिक सहयोग प्रदान गरेको हो ।

एनआरएनए युएसए केन्द्रीय संयोजक तथा उपाध्यक्ष उमा कार्की थापाको सक्रियतामा उठेको ४६२९.९८ र एनआरएनए आपतकालीन कोषबाट १००० डलर थप गरी ५६२९.९८ डलरको चेक एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल तथा कोषाध्यक्ष एवं आपतकालीन कोषका संयोजक डा प्रकाश अर्यालमार्फत प्रदान गरिएको छ ।

चेक हस्तान्त्रण गर्ने कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, एनआरएन मेरिल्याण्डका कोषाध्यक्ष बिष्णु बराल हेल्प डेस्क च्याप्टर संयोजक ईन्द्र थापा एवं एनआरएनए सदस्य तथा समाजसेवी राजु पराजुली लगायतको उपस्थिति थियो ।