३ कार्तिक २०८३, मंगलबार

गणेश लामा दोषी ठहर, विशेष अदालतले सुनायो १ वर्ष कैद सजायँ

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ साउन । गुन्डा नाइके गणेश लामालाई विशेष अदालतले दोषी ठहर गरको छ । विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो ।

लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको अदालतका रजिष्टार नारायण पोखरेलले जानकारी दिए ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको उनले बताए ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो ।