
काठमाडौं, २४ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत बिहीबार नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध टीम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले पहिलो खेल खेल्दैछ । यस टीमलाई आक्रामक ब्याट्सम्यान क्रिस गेलले कप्तानी गर्दैछन् ।
सन्दीप अनुबन्ध भएको टीमले आज पहिलो खेल गुयाना एमेजोनसँग खेल्नेछ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई आज टीमले मौका दिनसक्ने बताइएको छ । उनी आजको खेलको प्लेइङ सेटमा पर्ने नपर्ने टुंगो भने लागिसकेको छैन । इन्डियन प्रिमियर लिगमा अन्तिमका तीन खेलमा मौका पाएका लामिछानेले राम्रो प्रदर्शन गरेका थिए ।
सन्दीपले ग्लोबल क्यानेडियन लिगमा पनि खेलेको थिए । क्यारेबियन लिगमा सन्दीपले कस्तो प्रदर्शन गर्छन् त्यो हेर्न बाँकी छ ।















प्रतिक्रिया