
काठमाडौं, २४ साउन । चेल्सीले विश्व किर्तिमानी मूल्यमा गोलकिपर केपा अरिजाब्लागालाई अनुबन्ध गरेको छ ।
केपालाई चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेनका गोलकिपर केपालाई ७२ मिलियनमा क्लब भित्र्याएकाे हो । उनी विश्वकै महंगा गोलकिपर बनेका छन् । यसअघि लिभरपुलले जुलाईमा रोमाबाट एलिसन बेकरलाई ६५ मिलियनमा क्लब भित्र्याउँदै किर्तिमान बनाएको थियाे ।
उनले चेल्सीमा अनुबन्ध भएपछि आफूमा खुशीको सीमा रहेको बताउँदै यस क्षण करियरकै महत्वपूर्ण भएकाे उल्लेख गरे । क्लबले आफूमाथि निकै नै अपेक्षा गरेको र क्लबका लागि आफूले सक्दो मेहनत गर्ने उनले बताए ।
चेल्सीबाट पहिलो रोजाइको गोलकिपर बेल्जियमका थिवाउट कोर्टुवाले क्लब छाडेपछि केपालाई महंगो मूल्यमा क्लब भित्र्याएको हो ।















प्रतिक्रिया