३ कार्तिक २०८३, मंगलबार

५ दिन थुनामै रहने भए प्रकाण्ड, अवैध चन्दा असुलेको आरोपबारे छानबिन हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । पक्राउमा परेका नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिनसम्म थुनामै राखेर अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

उनी मंगलबार साँझ पक्राउमा परेका थिए । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।