३ कार्तिक २०८३, मंगलबार

विप्लव समूहका प्रवक्ता प्रकाण्ड समातिए

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २३ साउन ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् ।

स्रोतका अनुसार प्रहरीले प्रकाण्डलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको  उच्च स्रोतले जानकारी  दिएकाे छ ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । बिष्फोट तथा चन्दा असुली मुद्दामा  प्रकाण्ड फरार रहेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उ

सोही पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई मंगलबार प्रहरीले भक्तपुरमा पक्राउ गरेको थियो।  नेकपाका महासचिव विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ। उनी फरार छन्।

नेकपाकै पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ।