
काठमाडौं, २३ साउन । स्पेनिस क्लब रियल मड्रिडले इटायिन क्लब एएस रोमालाई हराएको छ ।
रियलले प्रि–सिजन अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा रोमालाई हराएको हो ।
बुधबार न्यू जर्सी मेटलाइफ रंगशालामा भएको खेलमा रियलले रोमालाई २-१ गोलअन्तरले पराजित गरको हो । रियलका लागि प्रभावशाली खेलाडी ग्यारेथ बेल र मार्को एसेन्सियोले गोल गरे भने रोमाका लागि केभिन स्टुटम्यानले एक गोल फर्काए पनि जीतका लागि पर्याप्त हुन सकेन ।
खेलको दोस्रो मिनेटमै रियलका लागि मार्को एसेन्सियोले गोल गर्दै अग्रता बनाए । त्यस्तै खेलको १५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रोमाविरुद्ध अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० अग्रता बनाएको रियललाई रोमाका केभिन स्टुटम्यानले अन्तिममा गोल फर्काउँदै २-१ को स्थितिमा ल्याए ।















प्रतिक्रिया