
काठमाडौं, २२ साउन । रसिया विश्वकपका सबैभन्दा जेठा खेलाडी इसाम इएल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ४५ वर्षीय इजिप्टका गोलकिपर हाडारीले मंगलबार सन्यासको घोषणा गरेका हुन् ।
विश्वकपमा सबैभन्दा बढी उमेरमा सहभागिता जनाएका हाडारीलाई राम्रो गोलकिपरको रुपमा लिइन्थ्यो ।
इसामले सन् १९९६ मा राष्ट्रिय टिमका लागि डेब्यू गरेका थिए । उनले इजिप्टका लागि एक सय ५९ खेल खेलेका छन् ।
उनले नयाँ खेलाडीलाई मौका दिनुपर्ने बताउँदै सन्यास लिने यो उपयुक्त समय भएको उल्लेख गरे ।















प्रतिक्रिया