
-महेन्द्रप्रसाद पोखरेल
दोहा । नेपाली चलचित्रलाई निरन्तर रुपमा कतारसम्म पुर्याएर नेपाली दर्शक हरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रवेश गराउने भएका छन् । यतिमात्र होइन चलचित्र कोहलपुर एक्सप्रेससँगै नायिका केकी र रीमा समेत कतार आउँदैछन् ।
कोहलपुर एक्सप्रेसमा मुख्य भूमिकामा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटा तथा अर्जुन पोख्रेलले संगीत रहेको छ ।
कमेडी तथा सस्पेन्समा आधारित चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैया ईण्डष्ट्रीयल क्षेत्रको ग्राण्ड मलमा रहेको एसियन टाउन हलमा लाग्ने छ । २५ कतारी रियाल शुल्क रहेको प्रदर्शनमा केकी र रीमासँगै बसेर चलचित्र हेर्ने व्यवस्था मिलाइएको घिमिरेले बताएका छन् ।
आगामी शुक्रबार ३ : ३० बजेबाट शो सुरु हुने छ । विदेशमा रहेका नेपालीहरुलाई आफ्नोपनको आभाष दिलाउन नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ भन्ने मुल नाराका साथ उक्त शो हुन लागेको हो ।















प्रतिक्रिया