
काठमाडौं, २२ साउन । थाइल्याण्डमा रहेको नेपाली फुटबल टोली एसियाड र साफ च्याम्पियनसिपको तयारीमा छ । यसैबीच नेपाली टोलीले मंगलबार थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्दैछ ।
अभ्यास खेल नेपाली समयअनुसार साँझ ५ बजे बोनयाचिन्दा रंगशालामा हुनेछ । आजको खेलमा नेपाली टोलीका दुई सदस्य गोलकिपर किरण चेमजोङ र रोहित चन्दले खेल्ने छैनन् । रोहितलाई क्लबले नपठाएको र किरणलाई भिसाको समस्या परेको बताइएको छ ।
नेपाली टोलीे थाइल्याण्डमा दुई अभ्यास खेल खेलेपछि इन्डोनेशिया प्रस्थान गर्नेछ । नेपालले एसियन गेम्समा जापान, पाकिस्तान र भियतनामसँग भिड्नेछ । भदौ २ गतेबाट एसियाड सुरु हुँदैछ ।















प्रतिक्रिया