३ कार्तिक २०८३, मंगलबार

भारतद्वारा नेपाली यू-१९ टोलीलाई एक दिवसीय सिरिजका लागि आमन्त्रण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । भारतले नेपाली यू-१९ राष्ट्रिय टोलीलाई वान-डे सिरिजका लागि आमन्त्रण गरेको छ । उक्त वान-डे सिरिज चार टोलीबीच हुनेछ ।

५० ओभरको खेललाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपालको यू-१९ टोलीसहित भारत र अफगानिस्तानको १९ वर्षमुनिको टीम सहभागी हुनेछन् । त्यस्तै प्रतियोगितामा नेशनल क्रिकेट एकेडेमी (एनसीए) यू-१९ चौथो टोलीको रुपमा सहभागी हुनेछ । प्रतियोगिता कोलकातामा हुनेछ ।

भारतले हरेक वर्ष युवा टोलीको क्षमता वृद्धिका लागि यस्ता सिरिजको आयोजना गर्दै आएको छ । यू-१९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले भारतले आयोजना गर्ने सिरिजका लागि नेपाललाई पत्र आएको जानकारी दिए । उनले सेप्टेम्बरमा हुने प्रतियोगितामा नेपालको सहभागिताबारे छलफल जारी रहेको बताए ।

सिरिजका लागि भारतले निम्तो पठाएपनि नेपाल भने आइसीसीको अनुमतिको प्रतिक्षामा छ । नेपाल क्रिकेट संघ भंग भएपछि नेपाली क्रिकेटको सम्पूर्ण गतिविधि आइसीसीले गर्दै आएको छ । आइसीसीसँग अनुमति प्रक्रिया अघि बढिसकेको र केही अनुमतिपछि त्यसको तयारीका लाग्ने प्रशिक्षक दासले बताए ।

भारतले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।

चार टोली सहभागी हुने एक दिवसीय सिरिजको खेल तालिका यसप्रकार छ :

सेप्टेम्बर १२( भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स

सेप्टेम्बर १२( एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू

सेप्टेम्बर १४(भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स

सेप्टेम्बर १४( एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू

सेप्टेम्बर १६( भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स

सेप्टेम्बर १६( अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १८(टिम १ विरुद्ध टिम २
सेप्टेम्बर १८( टिम ३ विरुद्ध टिम