३ कार्तिक २०८३, मंगलबार

राजधानी उपत्यकामा फेरि डुबान, उद्धारमा खटिए सुरक्षाकर्मी

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । अबिरल वर्षाका कारण राजधानीका विभिन्न स्थान डुबानमा परेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा वर्षाले डुबान गरेको हो । शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

शान्तिनगरका थुप्रै घर डुबानमा परेका छन् । प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।

ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको छ ।