
काठमाडौँ, १८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।
प्रमुख विपक्षी दल काँग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खस्न सकेन ।
समितिमा रहेका काँग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेका छन् । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।















प्रतिक्रिया