
काठमाडौं, १८ साउन । बार्सिलोनाको क्याप्टेन लियोनल मेसी बन्ने भएका छन् । बार्सिलोनाले मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने भएको हो ।
बार्सिलोनका नियमित क्याप्टेन इनिएस्टाले बार्सिलोना छाडेसँगै क्लबको जिम्मेवारी मेसीको काँधमा जान लागेको हो । इनिएस्टा जापानिज क्लबमा आबद्ध भएका हुन् ।
बार्सिलोनाले प्रि–सिजन सकिए लगत्तै मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने भएको छ । प्रि–सिजन टुरमा बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई क्याप्टेन बनाएको छ ।
मेसीलाई क्याप्टेन बनाउने पहिलो नम्बरमा क्लबले राखेको छ । दोस्रो नम्बरमा राकिटिक तथा जोडी पनि रहेका छन् ।















प्रतिक्रिया