
काठमाडौँ, १८ साउन । प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने/नगर्ने विषय मतदानबाटै टुङ्गो लगाइने भएको छ । यद्यपी, उनी अनुमोदन नहुने लगभग पक्का जस्तै भएको छ ।
शुक्रबारको बैठकमा दुई तिहाईभन्दा धेरै सांसद जोशीको विरुद्धमा उभिएपछि मतदानबाट निर्णय हुँदैछ । मतदानको तयारीका लागि १५ मिनेटका लागि बैठक स्थगित भएको छ । समितिका १५ सदस्यमध्ये काँग्रेसका ४ सदस्य छन् । संघीय समाजवादी फोरम र राजपाका १÷१ सदस्य छन् ।
समितिमा सरकारको नेतृत्वको गरेको दल नेकपाका ९ सांसद छन् । फोरमका तर्फबाट समितिमा सदस्य रहेका राजेन्द्र श्रेष्ठ नेकपाकै पक्षमा छन् । दुई तिहाईका लागि १० मत आवश्यक हुन्छ ।
जोशीको विषयमा फोरमको मत निर्णायक हुने भएको छ । आफ्नो मत निर्णायक भए मात्र समितिको सभापति रहेका राजपाका सांसद लक्ष्मणलाल कर्णले मत दिन पाउनेछन् । दिउँसो २ बजे मतदान गर्ने कार्यतालिका छ ।















प्रतिक्रिया