३ कार्तिक २०८३, मंगलबार

दीपकराज जोशीको भाग्यको फैसला आज, यस्तो छ समितिको तयारी

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन । शुक्रबार बिहान १० बजे समिति बैठक बोलाइएको छ ।

साउन १० गते नै सुनुवाइ सम्पन्न भए पनि निर्णय भएको छैन । जोशीले सुनुवाइ समितिमा गरेको पेस गरेको कार्ययोजनासँग असन्तुष्ट समिति प्रमाणपत्र विवादपछि थप छलफलमा छ ।

पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुबै दलका सांसद्हरुले पार्टीभित्र आन्तरिक परामर्शका लागि बैठक सारिएको बताउँदै आएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीको विपक्षमा उभिएको छ भने, प्रतिपक्ष दल कांग्रेस जोशीको पक्षमा छ ।

बुधबारको बैठकमा निर्णय प्रक्रिया अघि बढाउने भनिए पनि कांग्रेसले असहमति राखेपछि प्रक्रिया रोकिएको थियो । बहुमतीय प्रक्रियाबाट गए समिति बैठक बहिष्कार नै गर्ने चेतावनी कांग्रेसले दिएको थियो ।

कांग्रेसको चेतावनीपछि सहमतिका लागि भन्दै बैठक दुई दिनका लागि सारिएको थियो । दलहरुको पोजिसन यथावत रहेको अवस्थामा जोशीको अनुमोदन हुने सम्भावना भने कम देखिन्छ ।