३ कार्तिक २०८३, मंगलबार

पहिलो एकदिवसीयमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित, के-के बन्यो कीर्तिमान ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ ।

नेपालले नेदरल्याण्ड्सले दिएको १ सय ९० रनको लक्ष्य भेट्टाउन नसकेपछि ५५ रनको अन्तरले पराजित हुन पुगेको हो । यसबाट आफ्नो पहिलो एक दिवसीय खेल जितेर रेकर्ड कायम गर्न विन्दुमा भने नेपाल चुक्यो ।

कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिए पनि नेपालको हार भने टरेन । खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका थिए ।

नेदरल्याण्ड्सले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.१ ओभरमा १ सय ३४ रनमा अलआउट भयो । नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए । नेपालको पहिलो ओडिआईमा पहिलो रन हान्ने र पहिलो चौका हान्ने खेलाडी बनेका ज्ञानेन्द्र पहिलो अर्धशतक हान्ने खेलाडी समेत बने । यस्तै नेपालको लागि पहिलो छक्का हान्ने खेलाडी बनेका दीपेन्द्र सिहं ऐरीले ३४ रन बनाए । यस्तै अनिल शाहले २१ तथा कप्तान पारसले १२ रन बनाए ।

त्यसअघि घरेलु मैदान भिआरएमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले माइकल रिप्पोनको अर्धशतक मद्दतमा ४७.४ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो। रिप्पोनले सर्वाधिक ५१ रन बनाएको इनिङ्समा बास डे लिडले ३० तथा स्टेफन माइवर्गले २९ रन जोडे ।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामीले ३ तथा करण केसी, सन्दीप लामिछाने र बसन्त रेग्मीले १–१ विकेट लिए ।

सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए । त्यसअघि पहिलो ओभर बलिङ गर्ने मौका पाएका सोमपाल नेपालका लागि ओडिआईमा पहिलो बल फाल्ने खेलाडी समेत बने । यस्तै सोमपालले नै नेपालको लागि पहिलो मेडन ओभर फ्याँके । पहिलो विकेट लिएका सोमपालले नै नेपालको लागि अन्तिम विकेट समेत लिए ।

दुई खेलको ओडिआई सिरिजमा नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग शुक्रवार खेल्नेछ ।