
काठमाडौं, १६ साउन । सोमपाल कामी नेपालको खेलकुद ईतिहासमा पहिलो एकदिवसीय विकेट लिने खेलाडी बनेका छन् ।
उनले अहिले भईरहेको नेदरल्याण्ड्ससँगको क्रिकेटमा पहिलो विकेट लिएका छन् । खेल आमस्टेल्भिन स्टेडियममा अहिले जारी छ ।
सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् । नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।
नेदरल्याण्ड्सको दुई विकेट जाँदा पारस खड्काले दोस्रो विकेट झारेका छन् ।















प्रतिक्रिया