२९ आश्विन २०८३, बिहिबार

पटक-पटक किन पिसाव लाग्छ ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ब्लाडर र मिर्गौलामा स्टोन हुँदा असामान्य तरिकाले पिसाब लाग्ने हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

२४ घन्टामा ६–७ पटकभन्दा बढी पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ । कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था निम्तिँदैन । जुन समस्यालाई ‘फ्रिक्वेन्ट युरिनेसन’ पनि भनिन्छ ।

पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यस्तो रोगले मानिसको नियमित रुटिनमै असर पु-याउँछ ।

कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जानेगर्छ । यस्तो समस्यालाई फुलेरिया भनिन्छ । यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिन्छ ।